April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

“किताब जात्रा’को अबसरमा पुरस्कृत भए सरुभक्त

“किताब जात्रा’को अबसरमा पुरस्कृत भए सरुभक्त

९ माघ ,२०७६, काठमाडौँ

‘किताब जात्रा’को पहिलो संस्करण शनिबार राजधानीमा सम्पन्न भएको छ । नेपालको मौलिक नाच ‘लाखे नाच’बाट सुरु भएको ‘किताब जात्रा’ को अबसरमा फाउन्डेसनले ५५ हजार ५५५ राशिको ‘प्रेम साहित्य सम्मान’ लेखक सरुभक्तलाई प्रदान गरेको छ ।
पठन संस्कृतिको विकास गर्न किताब सबैमा र्पुयाउने र साहित्यलाई जोड्ने उद्देश्यले किताब यात्रा फाउन्डेसनले पहिलो पटक आयोजना गरेकोे ‘किताब जात्रा’मा पठन संस्कृतिका विविध आयामबारे ४ फरक सत्रहरुमा बहस भएको थियो ।
बहसमा बिभिन्न लेखक ,कलाकार, तथा पत्रकारको सहभागीता रहेको थियो । कार्यक्रममा यो वर्ष सबैभन्दा बढी बिक्री भएको आख्यानकार अमर न्यौपानको पछिल्लो उपन्यास गुलाबी उमेरलाई ‘बेस्ट सेलर’ अवार्ड प्रदान गरिएको छ । कवि नवराज पराजुलीको कथा वाचनसँगै उक्त कार्यक्रम समापन भएको थियो ।