April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयमा आगलागी

मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयमा आगलागी

१९ माघ ,२०७६, काठमाडौँ ।
मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । मुक्तिनाथ विकास बैकको वीरगञ्जमा रहेको शाखा कार्यालयमा हिजो राति ११ बजे आगलागी भएको हो ।
आगलागि बाट बैंकमा रहेका एक दर्जन कम्प्युटर , तिन थान प्रिन्टर , दुई सोफा सेट , चार थान एसि फर्निचर लगायत कागजपत्र जलेर नष्ट भएका छन् । बैंकलाई अति आवश्यक पर्ने महत्वपुर्ण कागजातका साथै रकम भने सुरक्षित नै रहेको बताइएको छ । आगलागीबाट करिव १५ लाख बराबरको क्षती भएको छ ।
आफनो ड्युटि गरिरहेका सुरक्षा गार्डले आगो लागेको देखेपछी तत्कालै प्रहरीलाई खबर गरेका थिए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
आगलागी भएको शाखा कार्यालय वीरगञ्जको लिंकरोडस्थित नगर विकास समितिको भवनमा रहेको छ ।