May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

कोरोना भाइरसले चाइनिज सामानको आयात घट्दा वस्तुको मूल्य बढ्यो

कोरोना भाइरसले चाइनिज सामानको आयात घट्दा वस्तुको मूल्य बढ्यो

माघ २०, काठमाडौं ।
यतिखेर विश्वमा कोरोना आतंक फैलिएको छ । चीनबाट शुरु भएको कोरोना विश्वभर नै फैलिएको छ । आज प्रत्येक देशले कोरोना भारइसरबाट सजह हुने विकल्न खोजी रहेका छन् । नेपालले पनि विकल्प खोज्ने क्रममा नेपाल चीन नाकामा कम मात्र ओहोरदोहोर गर्दे आएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएसँगै चीनमा नेपाली व्यापारीको आउजाउ ठप्प जस्तै छ । केरुङ नाका सरकारले १५ दिनका लागि बन्द गरेको छ । यसरी कोरोनाका कारण सीमा नाकानै बन्द गरेपछि बजारमा चाइनिज सामानको आयातमा भारी गिराबट मात्र आउको छैन नेपालमा भारी मूल्य बृद्धि समेत भएको छ ।
मुख्य नाका बन्द भएकाले चीनबाट आयात ठप्प भएको हो । चीनबाट चालु आर्थिक वर्ष पुससम्म १ खर्ब १८ अर्ब रुपैयाँ मूल्यको तरकारी र फलफूल तथा अन्य वस्तु आयात गरिएकामा माघ लागेपछि आयात ठप्प जस्तै छ ।
यो स्वदेशी उत्पादनले बजार पाउने राम्रो अवसर हो । तर देशभित्र माग धान्ने उत्पादन हुँदैन । नेपालमा खपत हुने अधिकांश स्याउ चीनबाट आउँछ । अहिले १५ लाख किलो स्याउ भण्डारण गरिएको छ । तर त्यसले धेरै दिन नधान्ने भएकाले बजार महंगिने व्यापारीको भनाइ छ ।
यतिखेर लत्ताकपडा र विद्युतीय सामानका लागि पनि चीनमा भर पर्नुपर्ने अवस्था छ । त्यसैले चीनमा फैलिएको संक्रमण नियन्त्रण नहुँदाकोे असर नेपाली बजारमा पर्छ नै । यो बेला व्यापारीले अभाव देखाएर कालोबजारी गर्न सक्ने जोखिमतर्फ भने सरकार सतर्क हुन पनि उतिकै आवश्यक छ ।
१५ दिनअघि प्रतिकिलो २ सय २० रुपैयाँ रहेको चिनियाँ लसुन काठमाडौको थोक बजारमा शुक्रबार प्रतिकिलो ४ सय ८० रुपैयाँमा बिक्री भयो । मूल्य एक सय प्रतिशतभन्दा बढीले बढ्दा पनि थोक बजारमा माग अनुसारको लसुन छैन । लसुन मात्र होइन बजारमा चीनबाट आयात हुने कृषिजन्य अन्य वस्तुको अभाव देखिन थालेको छ । ब्यापारी समेत बजारमा समान कम आएको बहानामा बस्तुको मूल्य बढाउन थालेका छन् यस्ले नेपाली बजारमा मूल्यबृद्धि बढेर गएको छ ।