May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

ग्रीन डेभलपमेण्ट बैंकको नवलपुर जिल्लामा थप दुई शाखा विस्तार

ग्रीन डेभलपमेण्ट बैंकको नवलपुर जिल्लामा थप दुई शाखा विस्तार

२० माघ, काठमाडौं ।
केन्द्रिय कार्यालय पोखरामा रहेका ग्रीन डेभलपमेण्ट बैंकले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । गत विहिबार नवलपुरको गैडाकोट नगरपालिका–५, कांग्रेसचोक र कावासोती नगरपालिका–२,कावासोतीमा शाखा विस्तार गरेको हो । बैंकको उद्दघाटन कार्याक्रम ग्रीन डेभलपमेण्ट वैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठ र पूर्व संचालक नरेन्द्र रमण त्रिपाठीले गरेका थिए ।
बैंकले निःशुल्क एटिएम डेविट कार्ड, मोवाईल वैंकिङ्ग सुविधा, कनेक्ट आईपिएस, निःशुल्क एविविएम सुविधा, सुनचाँदी धितोमा कर्जा लगायतका विभिन्न वैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । वैंकका हाल १३ वटा शाखा रहेका छन् । बैंकले निकट भविष्यमा तनहूँका विभिन्न स्थानहरुमा समेत शाखा विस्तार गर्ने लक्ष्य लिएको छ ।