‘फोरजी’मय सदरमुकामः ग्रामीण बस्तीमा भने फोन गर्न रुख चढ्दै

‘फोरजी’मय सदरमुकामः ग्रामीण बस्तीमा भने फोन गर्न रुख चढ्दै

२० माघ, काठमाडौं ।
सञ्चारको क्षेत्रमा जतिनै बिकास भएतापनि जिल्लाका ग्रामीण बस्तीमा भने फोन गर्न रुख चढ्नुपर्ने र घण्टौ हिँडेर खबर आदानप्रदान गर्नुपर्ने बाध्यता हटेको छैन । क्षेत्रका कतिपय ठाउँमा अझै पनी नेपाल टेलिकमले सेवा विस्तार नगरेको आरोप आइरहेकोबेला मार्तडी आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ ।
नेपाल टेलिकम शाखा बाजुराले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोरजी’ विस्तारको कामलाई तीव्रता दिएसँगै बाजुरामा पनि जडान गरिएको हो । माघसम्म देशैभर फोरजी सेवा पु¥याउने लक्ष्य रहेको र, हालसम्म ६० जिल्लामा सेवा विस्तार गर्नेक्रम सकिएको तथा बाजुरामा सेवा जडान हुनेमा ६०औँ जिल्लामा परेको जनाइएको छ ।
यति हुँदा हुँदैपनी जिल्लाका गौमुल, जगन्नाथ, हिमाली गाउँपालिकामा अझै फोन सेवा सञ्चालन भएको छैन । जगन्नाथ गाउँपालिकाको केन्द्र तथा बडिमालिका नगरपालिकाकै दुर्गम क्षेत्रमा अझै फोन सुविधा छैन । ग्रामीण क्षेत्रका जडान गरिएका टावरका उपकरण बिग्रिएका छन् ।
सदरमुकाम मार्तडीको खुलामञ्च र दूरसञ्चार कार्यालय अगाडि रहेको दुई टावरबाट फाष्ट इन्टरनेट सेवा फोरजी शुरु गरेको हो । फोरजी एलटीइ सेवा जडानसँगै इन्टरनेटको गतिमा पनि सुधार हुने छ ।