April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

क्रिकेट रङ्गशाला निर्माण सहयोगको लागी धनधान्यान्चल महोत्सव सुरु

क्रिकेट रङ्गशाला निर्माण सहयोगको लागी धनधान्यान्चल महोत्सव सुरु

२० माघ, काठमाडौं ।
भरतपुर चितवनमा जनस्तरबाट निर्माण भइरहेको अन्तर्रा्ष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशालाको लागि सहयोगार्थ रकम संकलन गर्ने उदेश्यले धनधान्यान्चल महोत्सव सुरु भएको छ ।
रङ्गशाला निर्माणमा सहयोगार्थ श्रीमद भागवत महा पुराण सुरु भएको छ । माघ १९ देखि सुरु भएको पुराण २६ गतेसम्म चल्ने र उक्त श्रीमद भागवत महा पुराण प्रवीण पं .दीनबन्धु पोखरेलले वाचन गर्दैछन् ।


महोत्सवको आइतवार वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) संगै विभिन्न विधाका २१ राष्ट्रिय खेलाडीहरुले संयुक्त रुपमा उदघाटन गरेका थिए । महोत्सव शुरु हुनु पुर्व हजारौंको संख्यामा ¥याली निकालिएको थियो । विभिन्न भेषभुजामा सजिदैं परम्परागत पहिरनमा ओईरिएका विभिन्न जातजातिले बाजागाजा सहित झांकी निकालेका थिए । ५० करोड उठाउने लक्ष्य राखिएको महायज्ञको पहिलो दिनमै दश लाख बढीको जिन्सी सामान तथा नगद सहयोग प्राप्त भएको छ ।
उद्घघाटन कार्यक्रममा सांसद कृष्णभक्त पोख्रेल, विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेकपा चितवनका अध्यक्ष यम बहादुर परियार, कांग्रेस सभापति जितनारायण श्रेष्ठ, फुटबल, क्रिकेट लगायत विभिन्न विधाका राष्ट्रिय खेलाडीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । उनीहरुले यो रंगशाला देशकै लागि नुमना परियोजना भएकाले सबैले सक्दो सहयोग गर्न अपिल गरे ।


२६ गते सम्म चल्ने महोत्सवलाई व्यवस्थित गर्न प्रदेश सांसद विजय सुवेदीको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय मुल समारोह समिति गठन गरीएको छ । ५९ वटा विभिन्न उपसमितिहरु र २ सय ८३ सदस्यीय सचिवालय गठन गरीएको छ । चितवनका सवै ७ स्थानिय तह र नवलपुरको एक स्थानिय तहका प्रमुखहरुको नेतृत्वमा स्थानिय तह स्तरीय समिति, हरेक वडामा वडाअध्यक्षको नेतृत्वमा वडास्तरीय समिति गठन गरीएको छ ।

धर्म, जात, भाषा, सम्प्रदाय र क्षेत्रीय भावनाभन्दा माथि उठेर एउटा देशको गौरव आयोजनामा सहयोग गर्ने उद्देश्यले यस धार्मिक महोत्सवको आयोजना गरिएको र जनस्तरबाट बन्ने रंगशालालाई दिल खोलेर सकेको सहयोग गर्न पनि सबैसँग आयोजकले आग्रह गरेको छ ।