May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

आज विश्व क्यान्सर दिवसः खानपानमा ध्यानदिनसके ४० प्रतिशत प्रकोप कमी

आज विश्व क्यान्सर दिवसः खानपानमा ध्यानदिनसके ४० प्रतिशत प्रकोप कमी

माघ २१, काठमाडौ ।
आज विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । अन्धविश्वासका कारण नेपालमा क्यान्सर रोगीको सङ्ख्या बढिरहेका बेला वर्से्नि चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको छ । क्यन्सर रोग निबारणका लागि आज पनि सरकारीसँगै विभिन्न गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमहरुको आयोजना गरेका छन् ।
खानपानमा ध्यान र्पुयाए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका हुन् । त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ ।
अहिले संसारभरीका मानिसहरुको मृत्यु हुनेहरुमध्ये प्रमूख कारण क्यान्सर पनि एक हो । क्यान्सर एक सयभन्दा पनि धेरै किसिमका हुन्छन् । संसारभरीका धेरै मानिसहरु क्यान्सरको चपेटामा रहेको पाइन्छ । नेपालमा वर्सेनि १५ हजारको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको तथ्यांक छ ।

सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएको बताइन्छ ।
धुमपानरमद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले बताएका छन् ।
शरीरमा हजारौको संख्यामा खराब कोशिका हुन्छन् । प्रत्येक सेकेन्डमा नयाँ कोशिका पैदा हुन्छ र पुरानो खराब कोशिका नष्ट हुन्छन् । तर क्यान्सर भएमा रातो तथा सेतो रक्तकोषिको सन्तुलन विग्रन थाल्छ । र, कोषिकाको विकास अनियन्त्रित रुपमा भएर क्यान्सरको रुपमा परिणत हुन्छ ।
क्यान्सर हुनुको प्रमुख कारण हाम्रो खानपान रहेको छ । त्यसैले क्यान्सरबाट बच्न खानेकुरामा विशेष ध्यान दिनुपर्छ । यहाँ क्यान्सरको जोखिम भएका र फाईदाजनक केही खानेकुराहरु उल्लेख गरिएको छ ।

१. सोडा
बजारमा पाइने सोडायुक्त पेय पदार्थमा ४–एमईआई रसायनको प्रयोग गरी पेय पदार्थलाई रङ प्रदान गरीन्छ यससले क्यान्सरको जोखिम बढाउँछ
२. रातो मासु
रातो मासुमा बढी हाइड्रोकार्बन हुने भएकाले यो स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।
३. बन्द भाँडोमा राखिएको टमाटर सस
सामान्य अवस्थामा टमाटर स्वास्थ्यवर्धनक नै हुन्छ तर बन्द भाँडोमा धेरै समयसम्म राखिएको टमाटरको सस पनि क्यान्सरको एक कारक हो ।
४. कृत्रिम चिनी
चिया, कफी बनाउन वा अन्य कुनै प्रयोजनका लागि राखिने कृत्रिम चिनी पनि क्यान्सरको कारक हो । केही अध्ययनले यस किसिमको उत्पादन निकै हानिकारक हुनसक्ने देखाइसकेको छ ।
५. प्रशोधित सेतो पीठो
प्रशोधित पीठोमा सेतो रङको लागि क्लोरिन ग्यासको प्रयोग गरिएको हुन्छ । यसले उत्पादनलाई क्यान्सरको जोखिमयुक्त बनाउँछ ।
६. रसायन प्रयोग गरिएको फलफूल र तरकारी
फलफूल तथा तरकारी आफैंमा स्वास्थ्यवर्धक खानेकुरा भएपनि रसायनको प्रयोग गरिएका फलफुल तथा तरकारी धेरै नै हानिकारक हुन्छन ।
७. रक्सी
रक्सी क्यान्सरको कारक भन्ने कुरा धेरैलाई थाहा भएपनि प्रयोग भने रोकिएको छैन् ।रक्सीको कारण घाँटी, कलेजो, छातिजस्ता स्थानको क्यान्सरको जोखिम बढी हुन्छ ।

यस्ता बस्तुको सेवन गर्नाले क्यान्सर हुने खतरा कम हुन्छ ।

ओखर
ओखरमा विभिन्न किसिमका स्वास्थवर्द्धक तत्वहरु पाइने भएकोले ओखर सेवन गर्नु फाईदा जनक छ । ओखर खानाले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सरमा धेरै प्रभावकारी हुन्छ ।
क्यानबेरि
क्यानबेरि फाइबर, भिटामिन सी प्रसस्त मात्रामा पाईने हुनाले यसले शरीरमा उत्पन्न हुने क्यान्सरको तत्व समाप्त पार्छ ।
स्याउ
स्याउमा भएको एन्टि(अक्सिडेन्ट र एन्टि इन्फ्लामेट्री गुणले क्यान्सरको खतरालाई धेरै कम गर्छ । विशेष गरेर ठूला आन्द्राको क्यान्सरमा स्याउको सेवन धेरै नै प्रभावकारी हुन्छ । स्याउ तासेर खाने बानी गर्नुहुदैन । यसको बोक्रामा धेरै गुणकारी तत्व हुन्छ । कोलोरेक्टल क्यान्सर बाहेक स्याउले फोक्सो, बे्रस्ट र पेटको क्यान्सरबाट पनि बचाउँछ ।
ब्लूबेरी
ब्लूबेरीमा फाइटोकेमिकल, एलेजिक एसिड, युरोलिथिन जस्ता विभिन्न विशेष गुणहरु पाइन्छ । यसले हाम्रो डीएनएलाई हाम्रो शरीरमा समावेश फ्रि रेडिकल्सबाट सुरक्षा प्रदान गर्छ, जसले गर्दा क्यान्सरको खतरा कम हुन्छ । ब्लूबेरीको सेवनले मुख, ब्रेस्ट, कोलोन र प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ ।
ग्रीन टी
ग्रीन टीको सेवनले शरीरमा कोलोन, लिभर, ब्रेस्ट र प्रोस्टेट क्यान्सरका कोशिकाहरु बन्न पाउँदैनन् । त्यस्तै विभिन्न अध्ययनका अनुसार ग्रीन टी फोक्सो, छाला र पेटको क्यान्सरबाट पनि सुरक्षित राख्छ ।