April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

एसबिआइ बैंककोे ऋणपत्र माघ २८ गते बाट, विक्री ब्याज १० प्रतिशत

एसबिआइ बैंककोे ऋणपत्र माघ २८ गते बाट, विक्री ब्याज १० प्रतिशत

२१ माघ, काठमाडौं ।
नेपाल एसबीआइ बैंकले सबैभन्दा कम ( १० प्रतिशत) व्याजदरमा माघ २८ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ । बैंकले अरु बैंकको तुलनामा कम व्याजदरमा ऋणपत्र जारी गर्ने लागेको हो । अधिकांश बैंकले १०.२५ प्रतिशत ब्याज दिएका थिए भने कृषि विकास बैंकले १०.३५ प्रतिशत ब्याज दिने गरेको छ ।
बैंकले फाल्गुन २ गते विक्री खुल्ला गर्ने तयारी गरेको छ । निर्धारीत समयभित्र विक्री नभएका ऋणपत्र भने बैंकले फाल्गुन २८ गते सम्म विक्रि गर्नेछ । ऋणपत्र किन्दा प्रतिकित्ता एक हजार रुपैँयाका दरले कम्तीमा २५ कित्ता ऋणपत्र किन्नु पर्ने हुन्छ ।
बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने लागेको हो । विक्री गर्ने लागेको कुल ऋणपत्रमध्ये १ अर्ब ५० करोडको प्राइभेट प्लेसमेन्ट लाई विक्री गर्ने छ । बाँकी सर्वसाधारणलाई बिक्री गर्नेछ । त्यस्तै सर्वसाधारणलाई छुट्याइएको बाट ५ करोड कित्ता सामूहिक लगानी कोष कम्पनीले किन्नेछ ।