June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सानिमा बैंकको नयाँ शाखा जोरपाटीमा विस्तार

सानिमा बैंकको नयाँ  शाखा जोरपाटीमा विस्तार

२१ माघ, काठमाडौं ।
सानीमा बैंकले आफनो नयाँ शाखा सोमबार काठमाडौंको जोरपाटीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घघाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् ।
कार्यक्रममा स्थानीय व्यापारी, बुद्धिजिवी सर्वसाधारणको उपस्थिति रहेको थियो । उक्त शाखा बाट स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुको साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा जोरपाटि शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास रहेको छ ।
हाल सानीमा बैंकको नयांँ शाखा सञ्चालनमा आए सँगै देशभर बैंकको शाखाको संख्या ७९ पुगेको छ् । बैंकले हाल ७९ ओटा एटीएम बाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।