May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा फागुनमा हुने

रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा फागुनमा हुने

२१ माघ, काठमाडौं ।
रिलायन्स फाइनान्सले आफ्नो १०औं वार्षिक साधारण सभा फागुनमा सम्पन्न गर्ने भएको छ । फाइनान्स कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश र मर्जर प्रस्ताव बारे छलफल गर्न साधारण सभा फागुन १६ गते सम्पन्न गर्ने निर्णय गरेको हो ।
उक्त साधारण सभामा कम्पनीले शेयरधनीका लागि गत आर्थिक वर्षमा भएको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
त्यस्तै, सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थाको प्रबन्धपत्र र नियमावली तथा अन्य विषयमा छलफल गर्नेछ ।
बानेश्वर बैंक्वेट, थापागाँउमा हुने उक्त साधारण सभा प्रयोजनको लागि माघ २७ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।