May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

अब चन्द्रागिरि केवलकारको टिकट नि:शुल्क

अब चन्द्रागिरि केवलकारको टिकट नि:शुल्क

२१ माघ, काठमाडौं ।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा जानको लागि चन्द्रागिरि केवलकारले अब जन्मदिन पारेर आउने कोहीपनी पर्यटकलाई नि:शुल्क केवलकारको टिकट दिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई प्रर्वद्धन गर्ने हेतुले जन्मदिनको अवसरमा निशुल्क केवलकार सेवा प्रदान गर्न लागेको हो ।।
जन्मदिनको अवसरमा चन्द्रागिरि भ्रमणमा प्रोत्साहन गर्ने र जन्मदिनलाई विशेष बनाउने उद्देश्यले सो योजना ल्याइएको हो ।
चन्द्रागिरिमा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार अवलोकन गर्न पाइन्छ ।
योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्म दिनखुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने कम्पनीले जनाएको छ ।