May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

कोरोना भाईरसको कारणले नेपालको सीमावर्ती गाउँमा खाद्यान्न संकट

कोरोना भाईरसको कारणले  नेपालको सीमावर्ती गाउँमा खाद्यान्न संकट

२१ माघ, काठमाडौं ।
चीनले किमाथांका र ओलाङचुङगोला नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट भएको छ ।

चिनियाँ बजारमा आश्रित संखुवासभा भोटखोला गाउँपालिकास्थित किमाथांकामा दैनिक उपभोग्य वस्तु अभाव देखिएको छ ।

दुई दिनभित्र वैकल्पिक व्यवस्था नभए हाहाकारै हुने वडाध्यक्ष तेन्छेवी शेर्पा बताउँछन् ।

‘कोरोना भाइरसको कारण देखाउँदै चीनले माघ ५ गतेदेखि नाका ठप्प पारेको छ’, शेर्पाले टेलिफोनमा भने, ‘अहिलेसम्म स्टकले धान्यौं, अब यहाँका १ सय २० घर भोकभोकै बस्नुपर्ने अवस्था आयो ।’

चामल, नुन र तेल अभाव भएको उनले सुनाएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा ताप्लेजुङ्गबाट सीताराम गुरागाईंले लेखेका छन् ।