May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

‘सेन्टी भाइरस’को इन्टरनेशनल राइट्स एक करोड १५ लाखमा बिक्री

‘सेन्टी भाइरस’को इन्टरनेशनल  राइट्स एक करोड १५ लाखमा  बिक्री

२१ माघ, काठमाडौं ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स एक करोड १५ लाखमा बिक्री भएको छ । ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स अमेरिकाको नेप्सिने कम्पनीले खरिद गरेको हो ।
हिजो सोमबार गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणस्थलमा निर्माण कम्पनिको तफ्र्mबाट सिताराम कट्टेल “धुर्मुस ”तथा नेप्सिने कम्पनीबाट नेपालका प्रमुद विधान कार्कीबीच सम्झौता भएको हो ।
फागुन ९ गते रिलिज हुने उक्त चलचित्रमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायत कलाकारको प्रमुख भुमिका रहेको छ ।