May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक पटवालद्वारा राजीनामा

राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक पटवालद्वारा राजीनामा

२१ माघ, काठमाडौं ।
प्रशिक्षक उमेश पटवालले राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । उनी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका भारतीय प्रशिक्षक थिए ।
उनी गत वर्ष एक वर्षको लागि राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएका थिए । सम्झौता यसै वर्ष सकिने भएकाले पटवालले दुई साताअघि नै आईसीसीलाई राजीनामा दिएको बुझिएता पनि नेपाल क्रिकेट संघले राजीनामाका विषयमा केही बोलेको छैन ।
उनको प्रशिक्षणमा सिंगापुरमा टी–२० विश्वकप छनोटको क्षेत्रीय छनोट नेपाल बाहिरिएको थियो । त्यस्तै, ओमानमा भएको पाँच राष्ट्र सम्मिलित सिरिजमा पनि नेपाली टोलीले सन्तोषजनक प्रदर्शन गर्न सकेन । तर नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली टोलीले कांस्य पदक जितेको थियो ।