May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

चौधरी ग्रुपको स्वामित्वमा रहेको सीजी कम्युनिकेशन खारेजी

चौधरी ग्रुपको स्वामित्वमा रहेको सीजी कम्युनिकेशन खारेजी


समयमै संस्था नवीकरण नगरेपछि चौधरी ग्रुपको स्वामित्वमा रहेको सीजी कम्युनिकेशन प्रा.लिको सम्बन्धन खारेज भएको छ । प्राधिकरणले पटक–पटक तोकेता गर्दा समेत नवीकरण नगरेपछि नेपाल दूरसञ्चार प्रधिकरणले खारेजी गरेको हो ।
प्राधिकरणबाट २०६६ साल माघ १९ गते सात जिल्लामा टेलिफोन सेवा सञ्चालनका लागि अनुमति पाएको सीजीको सम्बन्धन खारेज भएको प्रधिकरणले जनाएको छ ।
प्राधिकरणको निर्णयविरुद्ध सीजी गु्रपले मन्त्रिपरिषदमा दिएको पुनरावेदन सुनुवाइ नभएपछि प्राधिकरणले सबै प्रक्रिया पूरा गरेर खारेजीको सूचना निकालेको हो ।