May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

निर्माणकै चरणमा रहेका १८४ पुल समस्यामा , कुन–कुन पुल छन् समस्याग्रस्त ?

निर्माणकै चरणमा रहेका १८४ पुल समस्यामा , कुन–कुन पुल छन् समस्याग्रस्त ?

काठमाडौं ।
नेपालमा निर्माणधिन पुल मध्ये १८४ वटा पुल निर्माणधिन अवस्थामै समस्याग्रस्थ अवस्थामा छन् । देशभर हाल २ हजार ९१ पुल निर्माणधिन रहेका माध्ये उक्त परिमाणका पुल निमार्णमा समस्या देखिएको हो । १८४ पुल मध्ये पुल निर्माण व्यवसायीका कारणले ९७ वटा , काबुबाहिरको परिस्थितिका कारणले ५१ वटा , र ३६ पुल त्रुटिपूर्ण डिजाइनका कारण समस्याग्रस्त बनेका छन् ।
देश विकासको लागि अघि सारेका यति ठुला योजनामा समस्या नआउने गरी कार्य रणनिति बनाएर काम गर्दा समस्या बाट बच्न सकिन्छ्  । प्र्राविधिक समस्या , सरकार स्थिर नहुनु , काम गर्ने दक्ष जनशक्तिको अभाब, काम गर्ने कार्य तालिका नहुनाले , सडक पुलको संख्या अत्यधिक हुने, तर त्यसलाई नियमन गर्ने प्राविधिक सिमित हुँदा समस्याग्रस्त पुलको संख्या बढिरहेका छन् ।
पुल नबन्दा ग्रामीण क्षेत्रमा जनताले ठूलो सास्थी भोग्दै आएका छन् । भिडबाट लडेकालाई समेतलाई समयमा अस्पताल पु¥याउन नसकिने, बर्खायामको समयमा वारी–पारी गर्न नसकिने जस्ता समस्या देखापरेका छन् ।
काबुबाहिरको परिस्थितिका कारण समस्याग्रस्त पुल
काबुबाहिरको परिस्थितिका कारण समस्याग्रस्त बनेका ठूला पुलहरूमा कोटेश्वर आकासेपुल, लुडग्रेली गाड पुल अछाम, रुम्जाटार र मामखा जोड्ने पुल, त्रियुगा पुल सिपाया उदयपुर, रतुवा खोला पुल झापा, ढुंगे खोला कठार चितवन, लौकहा खोला मल्टिनेस पुल रौतहट, माडी खोला पुल रोल्पा, मैदी खोला पुल स्याङ्जा, तामाकोसी पुल दोलखा, घलघले खोला पुल कैलालीलगायत रहेका छन् । सडक विभागले काबुबाहिरको अवस्था भन्नाले पहुँचमार्ग नपुगेको, अदालतबाट स्टे अर्डर जारी भएको, जग्गाको मुद्दा भएको, साइटमा विवाद भएको विषयलाई मानेको छ ।

डिजाइन त्रुटिका कारण समस्याग्रस्त पुल
डिजाइन त्रुटिका कारण समस्याग्रस्त भएका प्रमुख आयोजनामा पाती खोला गुल्मी, पत्रे खोला पुल दाङ, एडगर खोला पुल हुम्ला, भालुकुने खोला पुल सुर्खेत, पासागाड खोला जाजरकोट, दोदा नदीमा पुल कञ्चनपुर, भेरी नदी दशरथपुर रामघाट पुल, राकम कर्णाली पुल दैलेख, रानीघाट पुल, कालीगण्डकी पुल रिडी, धोबीखोला पुल बुद्धनगर काठमाडौं, धोबी खोला पुल काठमाडौंलगायत छन् ।
निर्माण व्यवसायीका कारण समस्याग्रस्त बनेका
निर्माण व्यवसायीका कारण ढिलाइ भएका ठूला पुलहरूमा कोसी कटान पुल हरिपुर, झाझनी पुल, गौर, ज्याग्दी पुल पाल्पा, कालीपछाई जडारी गाड पुल बझाङ, पत्थर खोला पुल महोत्तरी, ठोट्ने खोला पुल ओखलढुंगा, बालुवा खोला पुल झापा, गेउरिया खोला पुल, मारियाबक्राहा खोला पुल, सिंघीय नदी पुल, घट्टे खोला पुल दोलखा, त्रिशूली नदी पुल धादिङ, बागमती नदी पुल काठमाडौंलगायत रहेका छन् ।