April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

क्रसिङका लागि पर्याप्त उखु नपुग्दा एभरेष्ट चिनी उद्योग बन्द

क्रसिङका लागि पर्याप्त उखु नपुग्दा एभरेष्ट चिनी उद्योग बन्द

२२ माघ, काठमाडौं ।
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी उद्योगमा क्रसिङका लागि पर्याप्त उखु नपुग्दा उद्योग बन्द गर्नुपरेको अवस्था सिर्जना भएको छ । उक्त उद्योग एक महीनाको अवधिमै तीन पटक बन्द भएको छ ।
दैनिक ५० हजार क्विण्टल उखु पेल्ने क्षमता भएको उक्त उद्योगले प्रशस्त उखु नपुग्दा अहिले ३५ देखि ४० हजार क्विण्टल मात्र उखु पेल्दै आएको छ । चलान पुर्जी दिइएका किसानले ठीक समयभित्र उखु नल्याई दिंदा कतिपय वर्ष वैशाख तेस्रो सातासम्म चल्ने गरेको उद्योग यस पालि फागुन २५ गतेभित्रै बन्द हुने उद्योग प्रशासनको भनाइ छ ।
उद्योगलाई चाहिने उखुको परिमाण अपुग हुने भएपछि यसपालि उद्योग चाँडै बन्द हुने आँकलन गरिएको बताइएके छ । चलान पाएपनि ढुवानी साधन ठीक समयमा नपाउनाले समयमा उखु पु¥याउन नसकिएको किसानको भनाई रहेको छ ।