ओमानविरुद्धको पहिलो खेलमा करण केसीले लिए दुई विकेट

ओमानविरुद्धको पहिलो खेलमा करण केसीले लिए दुई विकेट

२२ माघ, काठमाडौं ।
नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत उद्घघाटन खेलमा ओमानविरुद्ध खेिलरहेको छ । ओमानविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।

१७ ओभरको खेल सकिँदासम्म ओमानले तीन विकेट गुमाउँदै ४७ रन बनाएको छ । ओमानका लागि जेशान मकसुद र मोहम्मद नदीम क्रमशः १२ र पाँच रन बनाउँदै खेलिरहेका छन् । ओमानका जतिन्दर सिंह र खवार अली एकोहोरो अङ्कमै पेभेलियन फर्कँदा अकिब ल्लियास १६ रनमा रनआउट बन्न पुगे ।

बलिङतर्फ नेपालका लागि करण केसीले महत्पूर्ण दुई विकेट लिए । पाँच ओभर बलिङ गरेका करणले एक मेडन राख्दै १५ रन दिएका छन् ।

यो खेलबाट तीव्र गतिका बलर अभिनाश बोहरा र स्पिनर सुशन भारीले डेब्यू गरेका छन् । नेपाल र ओमानबीचको खेल केही बेरमा त्रिवि मैदानमा हुँदैछ ।

एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल, ओमान र अमेरिकाले खेल्न लागेका हुन् । आईसीसीबाट चार वर्षका लागि एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो एकदिवसीय सिरिज खेल्दै छ ।

नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते र तेस्रो खेलमा ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ खेल्नेछ ।
अहिलेसम्म आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जीत निकाल्दै १२ अङ्क हात पारी शीर्ष स्थानमा रहेको छ । भने स्कटल्यान्डले नौ अङ्क जोड्दै दोस्रो स्थान र आठ अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा रहेका छन् ।