April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

तीन वाणिज्य बैंकमा जागिर खुल्यो

तीन वाणिज्य बैंकमा जागिर खुल्यो

२२ माघ, काठमाडौं ।
आफना शाखाहरु बिभिन्न ठाउँमा बिस्तार गरेसंगै सेञ्चुरी, नबिल र एभरेष्ट गरी तीन वाणिज्य बैंकले विभिन्न पदको लागि कर्मचारी माग गरेका छन् । बैंकले काठमाण्डौ बाहिर बिभिन्न ठाउँका लागि कर्मचारी माग गरेको हो । जसअनुसार, एभरेष्ट बैंकले आफनो सेवा बिस्तार गर्ने उदेश्य सहित काठमाडौं बाहिरका शाखाहरु विराटनगर, नारायणगढ, बुटवल, नेपालगञ्ज र धनगढीमा कर्मचारी माग गरेको हा े। यसका लागी प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यसैगरि, नबिल बैंकले सेवा बिस्तारको लागी ५० जना ट्रेनी असिस्टेन्ट माग गरेको छ । यसका लागि स्नातक उत्तीर्ण गरेको हुनु पर्नेछ ।

त्यस्तै, सेञ्चुरी बैंकले धनगढीमा रहेको प्रदेश कार्यालयका लागि एक जना डेपुटी म्यानेजर माग गरेको छ । त्यस्तै, बैंकले विराटनगर, विरगञ्ज, काठमाडौं, पोखरा र भैरहवाका लागीे केही असिस्टेन्ट म्यानेजर र सुर्खेतका लागी वरिष्ठ अधिकृत पदमा कर्मचारी माग गरेको छ ।
बैकले थप सेवा बिस्तार गर्ने उदेश्य सहित केन्द्रीय कार्यालयमा रहेको ब्रान्डिङ र संस्थागत सामाजिक उत्तरदायित्व विभागमा एकजना वरिष्ठ अधिकृत र केन्द्रीय कार्यालयमै मार्के्टिङ विभागका लागि केही वरिष्ठ अधिकृत र अधिकृत माग गरेको छ।
उक्त बैंकले नारायणगढ, विर्तामोड र राजधानीका केही ठाउँका लागि जनसम्पर्क अधिकृत ,केन्द्रीय कार्यालयमै कर्जा तथा जोखिम विभागमा केही वरिष्ठ अधिकृत तथा अधिकृत माग गरेको छ ।

त्यस्तै बैंकले भोजपुरका लागि अधिकृतस्तरको शाखा प्रबन्धक एकजना र सहायक अधिकृतस्तरमा मुस्ताङको लेतेका लागि एकजना शाखा प्रबन्धक माग गरेको छ ।
बैंकले विराटनगर, विरगञ्ज, काठमाडौं, पोखरा, भैरहवा, सुर्खेत र धनगढीका लागि कर्जा विभागमा केही अधिकृत, केन्द्रीय कार्यालयमा कानुन विभागमा र अपरेसन विभागका लागि केही सहायक अधिकृत, दिक्तेल र कोहलपुरमा सहायक अधिकृत स्तरका केही जनसम्पर्क अधिकृत माग गरेको छ ।
यसैगरी भोजपुर, खाँदबारी, चरीकोट, मन्थली, सल्लेरी, इलाम, ग्रामथान, रंगेली, वीरेन्द्रबजार, ताल्चोक, घोराही र कोहलपुर लगाएतका ठाउँहरुमा सुपरभाइजर तहका केही शाखा प्रबन्धक र जनसम्पर्क अधिकृत माग गरिएको छ।