April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

हिमालयन बैंकको नाफा २७.७५ प्रतिशतले बढ्यो, दोस्रो त्रैमासमा निक्षेप घटयो

हिमालयन बैंकको नाफा  २७.७५ प्रतिशतले बढ्यो, दोस्रो त्रैमासमा निक्षेप घटयो

२२ माघ, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेसँगै चालु आर्थिक वर्षमा बैंक निकै नै उचाईमा पुगेको बताएको छ । बैंकको चालु आर्थिक वर्षको निक्षेप ३ अर्बले घटेको छ । भने चालु आर्थिक वर्षमा २४.७५ प्रतिशतले नाफा बढेको छ् । चालु आर्थिक वर्षको पुस मसान्त सम्म बैंककले १ अर्ब ७४ करोढ नाफा कमाएको छ जस्मा १ अर्ब ४ करोड कात्तिक देखि पुस सम्मको रहेको छ ।
बैंकको आधार दर ९.११ प्रतिशतबाट घटेर ८.९२ प्रतिशतमा आईपुगेको छ् । निक्षेप घट्ने र अर्को्तिर फराकिलो स्प्रेड लिएका कारण बैंकको नाफा बढेको हो । पछिल्लो तीन महिनामा बैंकले नाफा ४६ प्रतिशतले बढाएको छ ।
बैंकको स्प्रेड ३.४९ प्रतिशत बाट ५.३२ प्रतिशत पुगेको छ । असोजको तुलनामा पुसमा असोज महिनामा बैंकको निक्षेप २ अर्ब ७५ करोड थियो भने । पुसमा घटेर १ खर्ब १२ अर्बमा झ¥यो । अवधिमा ऋण भने १३ करोड ६५ लाख रुपैयाँले बढेर ९७ अर्ब ७२ करोड पुगेको छ । असारको तुलनामा बैंकको ऋण ४ अर्ब ९० करोडले बढेको हो ।

बैंकको ब्याज आम्दानी १०.८५ प्रतशितले बढ्दा ब्याज खर्च १६.९० प्रतिशते बढेको छ । यस हिसाबले खुद ब्याज आम्दानी ३.३९ प्रतिशतले मात्र बढेको छ । भने बैंकको खराब ऋण १.२५ प्रतिशतबाट बढेर १.२८ प्रतिशतमा पुगेको हो ।