आईएमई ट्राभल्सको १४औं वर्ष प्रवेशको अबसरमा बिभिन्न प्याकेज घोषणा

आईएमई ट्राभल्सको १४औं वर्ष प्रवेशको अबसरमा बिभिन्न प्याकेज घोषणा

२२ माघ, काठमाडौं ।
आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई ट्राभल्स १४औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा ट्राभलले मंगलवार लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरेको थियो । ट्राभल्सले वार्षिकोत्सव कार्यक्रमबाट आफ्ना ग्राहकलाई बिभिन्न सेवामुखी योजनाको समेत घोषणा गरेको छ ।
उक्त योजना अंग्रेजी महिनाको फेब्ुअरी, मार्च र अप्रिलभर लागू हुनेछ । योजनाअन्तर्गत आईएमई ट्राभल्सबाट टूर प्याकेज खरीद गरी यात्रा गर्ने १ जनालाई चन्द्रागिरि रिसोर्टमा १ रात खाने–बस्ने सुविधा निःशुल्क उपलब्ध गराउने भएको छ । यस्तै ट्राभल्सबाट हवाई टिकट खरीद गर्नेमध्येबाट १ जनालाई माउन्टेन फ्लाइटको टिकट निःशुल्क उपलब्ध गराउने कम्पनिले जनाएको छ । उक्त बिजेता ब्यक्तिलाई गोलाप्रथाबाट छनोट गरिनेछ ।