June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

वडाध्यक्ष हत्या अनुसन्धानमा ढिलाई भएको भन्दै आन्दोलन

वडाध्यक्ष हत्या अनुसन्धानमा ढिलाई भएको भन्दै आन्दोलन

२२ माघ, काठमाडौं ।
वडाध्यक्ष हत्याको छानबिनको माग गर्दै अछाममा आन्दोलन सुरु भएको छ । अछामको पन्चदेवल विनायक नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै बुधबारदेखि आन्दोलन सुरु भएको हो ।
शान्ती सुरक्षा कायम गर,हत्यारा छिटो पत्ता लगा भन्दै बजारमा स्थानीयले नाराबाजी समेत गरेका छन्। प्रदर्शनकारीले पन्चदेवल बजारमा बिहानैदेखि टायर बालेर विरोध गरइरहेका छन्। सवारी आवतजावत समेत बन्द भएको छ ।
अछामको पन्चदेवल विनायक नगरपालिका(२ का अध्यक्ष पदमबहादुर धामीको शव मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेटको दुरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको थियो । धामीको हत्या भएको दाबी गरिएको छ ।
आफन्त तथा स्थानीयवासीले नगर क्षेत्रका सबै शैक्षिक संस्था र सरकारी कार्यालयहरू पनि बन्द गराएका छन् ।