पश्चिमी वायु फेरि सक्रिय हुँदै

पश्चिमी वायु फेरि सक्रिय हुँदै

२२ माघ, काठमाडौं
स्थानीय वायुको प्रभावले बुधबार र बिहीबार पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने भएतापनि अन्य ठाउँको मौसम भने सफा रहने मौसमविद्ले बताएका छन् ।
बुधबार र बिहीबार हिउँ र पानी पार्ने कुनै प्रणाली सक्रिय नभएतापनि शुक्रबार पानी र हिउँ पार्ने पश्चिमी वायु प्रवेश गर्ने देखिएको मौसमविद्ले जानकारी दिएका छन् ।
त्यस्तै, पहाडी क्षेत्रको मौसममा भने एकैछिन खुल्दै बादल लाग्ने सम्भावना छ ।