April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

बालुवाटार जग्गाले गच्छदारको राजनीतिक भबिष्य अन्यौलमा

बालुवाटार जग्गाले गच्छदारको राजनीतिक भबिष्य अन्यौलमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विजय गच्छदारको सांसद पद निलम्बनमा परेको छ । बालुवाटार जग्गा प्रकरण सुनसरीबाट प्रतिनिधिसभामा निर्वाचित गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सांसद पद निलम्बनमा परेको हो ।
भ्रष्टचारको मुद्धा दायर भएसँगै सांसद र केन्द्रीय सदस्यको पद गच्छदारको निलम्बनमा परेको छ । बालुवाटार जग्गा प्रकरणमा सरकारी जग्गा व्यक्तिका नाममा र्पुयाउन भूमिका खेलेको अभियोगमा गच्छदारलाई दोषी ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो । काँग्रेस संसदीय दलकोे उपनेता समेत रहेका गच्छदार आफूविरुद्धको मुद्दा अन्तिम नटुंगिएसम्म सांसदको हैसियतमा संसदमा उपस्थित हुने पाउने छैनन् ।
राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन पाउँदैन । यदि भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा गच्छदारको राजनीतिक जीवन सकिने छ ।