June 19, 2021, Saturday
५ असार २०७८, शनिबार

कर्जा प्रवाहमा कडाईले अर्थतन्त्रमा जोखिम बढ्यो

कर्जा प्रवाहमा कडाईले अर्थतन्त्रमा जोखिम बढ्यो

माघ २३ , काठमाडौ।
राष्ट्र बैंकले कर्जामा गरेको कडाईको प्रभाव देशको अर्थतन्त्रमा परेको छ । यसको प्रवाह ७० प्रतिशतले घटेको छ  । जलविद्युत , पुर्वाधार निर्माण र खुद्रा व्यापार देशको विकास सँगै अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेका छन् । हाल जलविद्युत, पूर्वाधार निर्माण र खुद्रा व्यापारजस्ता चलायमान क्षेत्रमा कर्जा प्रवाह हुन नसक्दा अर्थतन्त्रमा जोखिम देखिएको हो ।
राष्ट्र बैंकले चालू आर्थिक वर्ष कर्जा प्रवाह २४ प्रतिशत हुने लक्ष्य राखेको थियो । तर चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको कर्जा प्रवाहको स्थिति ७ दशमलव ३ प्रतिशत मात्रै छ । कर्जा प्रवाह घटनुको मुख्य कारण चालु आर्थिक वर्षमा कारण राष्ट्र बैंकले विभिन्न नीति तथा नियम जारी गर्नु , सरकारी खर्च बढनु , वर्षेनी व्यापार घाटा हुनु, बजार सन्तुलन नहुनु, बैदेशिक लगानीले पुर्णता नपाउनु रहेका छन् ।
बैंकहरुले कर्जा लगानी गर्ने नसक्दा बैंकको तरलता बढेको छ । राष्ट्र बैंकले हालै कर्जा लिन कर चुक्ता प्रमाणपत्र अनिवार्य गरेको छ  । यस्ता नीति तथा नियमबाट थोरै लगानी बाट सञ्चालित साना उद्योगलाई बढि समस्या देखिएको छ । हाल नेपालमा साना तथा मझौला व्यावसाय मल्य ५० प्रतिशतभन्दा दर्ता नै भएका छैन्न । उत्पादनलाई बजारमा पु¥याउन साना तथा मझौला व्यावसायले महत्वपुर्ण भुमिका खेलेको हुन्छ् । तर हाल कर्जा प्रवाहमा कर्जा साना तथा मझौला व्यावसायको अव्स्था ज्यादै दयनीय रहेको छ ।  हाल साना तथा मझौलामा व्यावायलाई कर्जा प्रवाहमा कडाइ गरिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कर्जा प्रवाह वृद्धि ११ दशमलव ४ प्रतिशत रहेको थियो । केही समयदेखि निर्माण क्षेत्र र ऊर्जा क्षेत्रमा कर्जा प्रवाह रोकिएको कारणले गर्दा कर्जा प्रवाहमा कमि आएको हो । लाइन अफ क्रेडिटजस्ता प्रावधानले व्यवसायीको लागत बढेको र कर्जा लिनसमेत समस्या परेको छ् । कर्जा प्रवाह बढाउनु राष्ट्र बैंकले केही खुकुलो नीति तथा नियम जारी गर्नुपर्ने देखिन्छ ।