May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

कृषिको ८४ प्रतिशत कर्जा साना तथा मझौला व्यवसायमा

कृषिको ८४ प्रतिशत कर्जा साना तथा मझौला व्यवसायमा

माघ २३, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार कृषि विकास बैंकले साना तथा मझौला व्यवसायमा ८४ प्रतिशत कर्जा प्रवाह गरेको छ ।
सरकारले सञ्चालनमा ल्याएको सहुलियत कृषि अनुदान कर्जालाई प्राथमिकता दिएर कृषि बैंकले आफ्ना कार्यक्रम अगाडि बढाइरहेको छ । हाल कुषि विकास बैकबाट १ करोडभन्दा माथि रकमको कर्जा पाउने ग्राहकको संख्या २ सय ४५ रहेका छ । त्यसमध्ये १० लाखभन्दा कम रकमको कर्जा लिने ८४ प्रतिशत रहेका छन् । साना तथा मझौला उद्योगमा बैंकहरुको लगानी न्यून देखिएको समय कृषि विकासले दिएको ऋणलाई एतिहासिक मान्न सकिन्छ । यो क्षेत्रमा हालसम्म बैंकले १६ प्रतिशतमात्र लगानी गर्दे आएका छन् ।
विगत १ वर्षमा बैंकले २ हजार ५ सयभन्दा बढीलाई करिब ५ अर्ब ५८ करोड कर्जा लगानी गरेको छ  । बैंकले प्रदेश सरकार, कृषि मन्त्रालय, ग्रामिण प्रविधि केन्द्र, हेफर इन्टरनेसनल, किसान महासंघ र युवा परिषद्सँगको सहकार्यमा यस्तो कर्जा विस्तार गर्दे आएको हो ।