April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नेपाललाई विश्व बैंकको २२ अर्ब ८२ करोड सहयोग

नेपाललाई विश्व बैंकको २२ अर्ब ८२ करोड सहयोग

माघ २३, काठमाडांैं ।
विश्व बैंकले नेपाल सरकारलाई २२ अर्ब ८२ करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण तथा परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ऋण सहयोग दिएको हो ।
अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका देशिय निर्देशक फारिस एच हाडाड–जेरभोसले बैंकले अतिरिक्त ऋण स्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
बैंकले प्रदान गरेको उक्त रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा ८६ हजार घर निर्माणमा खर्च गरिने अर्थमन्त्रलायको योजना छ । सम्झौता पत्रमा हस्ताक्षर गरेपछि देशीय निर्देशक हाडाड–जेरभोसले निध्रारित समयमा भुकम्पले क्षेति पु¥याएका आवासिय भवनहरू निर्माण हुने विश्वास व्यक्त गरेका थिए ।
त्यस्तै अर्थ मन्त्रालयका सहसचिव नेपालले नेपालको आर्थिक–सामाजिक विकासका लागि नेपाल सरकारलाई बैंकले आर्थिक सहयोग गर्दै आएकोमा हार्दिक आभार व्यक्त गरेका छन् ।