April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

एनआइसी र सूर्या लाइफको सहकार्य , डिजिटल बैंकिङमार्फत शुल्क भुक्तानी गर्ने सुविधा

एनआइसी र सूर्या लाइफको सहकार्य , डिजिटल बैंकिङमार्फत शुल्क भुक्तानी गर्ने सुविधा

२४ माघ, काठमाडौं ।
एनआइसी एसिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच सहकार्य भएसँगै बैंकको विभिन्न डिजिटल भुक्तानी सेवाको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बिमा शुल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क भुक्तानी गर्न सकिने भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले शुल्क भुक्तानी सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन । उक्त समझदारीपछि सूर्या लाइफका ग्राहकले एनआइसी एसिया बैंकको क्युआर कोड, विभिन्न कार्ड, पिओएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायत डिजिटल भुक्तानी माध्यमको प्रयोग गरी रकम भुक्तानी गर्न सक्नेछन् ।
समझदारीपछि आगामी दिनमा बैंकले सञ्चालनमा ल्याउने इन्टरनेट भुक्तानी गेटवे लगायत डिजिटल सेवासमेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकलाई उपलब्ध गराउने भएको छ ।
डिजिटल सेवालाई जोड दिइरहेको एन.आइ.सी एशियाले देशभर ३ सय १३ शाखा, ४ सय ४१ एटिएम, १ सय ४ एक्स्टेन्सन काउन्टर सेवा प्रदान गर्दै आएको छ ।