मितेरी बैंकद्वारा लाभांस प्रस्ताब

मितेरी बैंकद्वारा लाभांस प्रस्ताब

२४ माघ, काठमाडौं ।
मितेरि डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई लाभांस प्रस्ताब गरेको छ । बैंकको सञ्चालक समितिको माघ २२ गते बसेको बैठकले लाभांस प्रस्ताब गर्ने निर्णय गरेको हो ।
बैँकले आर्थिक वर्ष २०७५।७६ को वितरण योग्य नाफा बाट १९.५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।
बैंकले १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७५ नगद लाभांश वितरणको निर्णय गरेको हो । उक्त लाभांस नेपाल राष्ट्र बैंक बाट स्वीकृत भएपछि कम्पनीले वार्षिक साधारणसभामा पारीत गर्ने भएको छ ।