May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

अब एकल पुरूषले पनि पाउनेछन् भत्ता (निर्णय सहित)

अब एकल पुरूषले पनि पाउनेछन् भत्ता (निर्णय सहित)

२४ माघ, काठमाडौं ।
बझाङको थलारा गाउँपालिकाले गाउँपालिकाभरिका एकल पुरुषलाई पनि एकल महिला सरह सामाजिक सुरक्षा भत्ता दिने भएको छ । एकल महिला जस्तै पुरुषपनि समस्यामा पर्ने भएकोले भत्ता दिन लागिएको हो । पत्नी दिवंगत भएर एकल बसेका वा विवाह नै नगरी एकल बसेका पुरुषलाई सो भत्ता उपलब्ध गराउन लागेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले ५० वर्ष नाघेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता अन्र्तगत मासिक ५ सय रुपैयाँ समाजिक सुरक्षा भत्ता पाउने छन् । त्यसको लागिगाउँपालिकाका ९ वटै वडामा तथ्याङ्क संकलन कार्य भइरहेको जानकारी प्राप्त भएको छ ।
गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने प्रस्ताव पारित गरेर आर्थिक वर्ष २०६७ ०७७ को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको छ ।