April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

संसारकै अग्लो कलश मुक्तिनाथ जाने बाटोमा बनाइदै

संसारकै अग्लो कलश मुक्तिनाथ जाने बाटोमा बनाइदै

२४ माघ, काठमाडौं ।
हिन्दु र बौद्ध धर्मावलम्बीका लागि पञ्चकोटलाई दर्शनको गन्तव्य बनाउने तयारी स्वरुप मुक्तिनाथ जाने पर्यटकलाई लक्षित गर्दै पञ्चकोटमा संसारकै अग्लो कलश बनाइने अभियान शुरु भएको छ । आन्तरिक र बाह्य पर्यटक आउने क्रम सुरु भएसँगै यस्तो अभियान थालिएको हो । मुक्तिनाथ पिठाधीश्वर कमलनयनाचार्यको अगुवाइमा यो अभियान सुरु भएको हो ।

दुई वर्षअघि बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माणसँगै पञ्चकोटको बृहत्तर विकासका लागि गुरुयोजना बनाइएको थियो ।
१ हजार ५ सय मिटर उचाइँको भूभागमा निर्माण गर्न प्रस्तावित १ सय ८ फिट अग्लो कलश धौलागिरिका अधिकांश स्थानबाट देख्न सकिन्छ । यहाँ कलशसँगै ५ हजार ५ सय ५५ केजीको घण्टा समेत स्थापना गर्ने तयारी हुदँैछ ।