April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

एनसेलको ‘भ्यालेन्टाइन अफर’, ७ सय मिनेट टकटाइम

एनसेलको ‘भ्यालेन्टाइन अफर’, ७ सय मिनेट टकटाइम

२४ माघ, काठमाडौं ।
एनसेल प्राईभेट लिमिटेडले प्रणय दिवसको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि “अझै नजिकिन्छ सम्बन्धʺ योजना अन्र्तगत बिभिन्न अफरहरु उपलब्ध गराएको छ । उक्त अफर अन्र्तगत अब एनसेल प्रयोगकर्ता ग्राहकले एक हप्ताको लागी १ सय २७ रुपैयाँ मा ७ सय मिनेट अन नेट टक टाइम रहेको भ्वाइस प्याक खरिद गर्न सक्नेछन् ।
यस भ्यालेन्टाइन महिनाको अवसरमा सञ्चालनमा ल्याउन लागिएको यो अफर माघ २४ गते देखि सुरु भई तीन महिनासम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ । उक्त अफर अन्तर्गत एनसेलका ग्राहकले करसहित प्रतिमिनेट १८ पैसामा कुरा गर्न सक्नेछन् ।
ग्राहकले ८ १७११८३ डायल गरी मा प्राप्त जानकारीअनुसार प्याक खरीद गर्न सक्नेछन् ।
एनसेलले यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन र सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन सहयोग पु¥याउने विश्वास लिएको जनाएको छ ।