April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

नेपाल ईन्भेष्टमेन्ट बैंकको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिकः १५.६६ प्रतिशत नाफा घट्यो

नेपाल ईन्भेष्टमेन्ट बैंकको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिकः १५.६६ प्रतिशत नाफा घट्यो

२४ माघ, काठमाडौं ।
नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडले आफनो् चालु आर्थिक वर्षको दोस्रो त्रैमासीक वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा बढेका कारण नाफा १५.६६ प्रतिशतले घटन् गएको छ । बैंकले गत आर्थिक वर्षको यही अवधीमा १ अर्ब ९७ करोड नाफा आर्जन गरेको थियो । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६६ करोड रुपैयाँ मु–नाफा कमाएको हो ।
बैंकको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७.५ प्रतिशतले घटेको छ । ब्याज आम्दानीको तुलनामा ब्याज खर्च बढेका कारण खुद ब्याज आम्दानी घटेको हो । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको तिन महिनामा निक्षेप १ अर्ब ३३ करोड रुपैयाँ घटेको छ् । भने ऋण १ अर्ब ३३ करोड रुपैयाँले बढेको हो ।
बैंकले असार मसान्त देखी पुसको अन्तिम सम्मा ऋण ९ अर्ब ६० करोड रुपैयाँले बढाएको छ । हाल बैंकको कुल निक्षेप १ खर्ब ४९ अर्ब रुपैया रहेको छ । भने खराब ऋण २.०४ प्रतिशत बाट बढेर २.९ प्रतिशत पुगेको हो । बैंकको आधार दर ८.९६ बाट प्रतिशत बाट ८.५३ प्रतिशतमा पुगेको छ ।
बैंकको पिई रेसीयो १७.२८ गुणा रहेको छ । गत आर्थिक वर्षमा पिई रेसीयो १६.१५ गुणा रहेको थियो । बैंकको ईपीएस गत वर्षको तुलनमा १०.५६ रुपैयाले घटेको छ् । हाल बैंकको ईपीएस २३.४३ रुपैयाँ रहेको छ् । गत आर्थिक वर्ष बैंकको ईपीएस ३३.९९ रहेको थियो ।