June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

जान्नुहोस् गोलभेँडाको सूप शरिरलाई किन चाहिन्छ?

जान्नुहोस् गोलभेँडाको सूप शरिरलाई किन चाहिन्छ?

२४ माघ, काठमाडौं ।
गोलभेँडा बिना हाम्रो तरकारी नै खल्लो हुन्छ । गोलभेँडालाई हामी चटनी बनाएर, तरकारीमा रखृर तथा यसको सूप बनाएर पन खान सक्छौ ।
गोलभेँडाको सूप खानुका फाईदाहरुः
तौल घटाउनमा मद्दत गर्छः गोलभेँडाको सूप जैतूनको तेलमा बनाएर पिउने हो भने त्यसले तौल घटाउनमा मद्दत गर्छ । यसमा पानी र फाइबरको मात्रा धेरै हुन्छ , जसले लामो समयसम्म भोक लाग्दैन ।
क्यान्सरः गोलभेँडाको सूपमा लाइकोपीन क्यारोटोनोइड र एन्टी–अक्सीडेन्ट हुन्छ, जसले महिला र पुरुष दुबैमा क्यान्सर हुने सम्भावना घटाएर जान्छ । हप्ताको तीन दिन गोलभेँडाको सूप पीउनाले स्तन , प्रोस्टेट क्यान्सरको सम्भावना कम हुँदै जान्छ ।
डायबिटीजः डायबिटीजका रोगिहरुको खानामा गोलभेँडाको सूप दैनिक समावेश गर्ने हो भने यसले ब्ल्ड सुगरलाई नियन्त्रणमा राख्छ ।
भिटामिनहरुको स्रोतः गोलभेँडाको सूप भिटामिन ए र सी को स्रोत हो । शरीरमा दैनिक १६ प्रतिशत भिटामिन ए र २० प्रतिशत भिटामिन सी को आवश्यक्ता पर्छ, जुन आवश्यक्ता गोलभेँडाको सूप पिएर पूरा हुन्छ ।
हड्डिको लागि लाभदायकः यसमा पाइने भिटामिन के र क्याल्शियमले हड्डिलाई बलियो बनाउनमा मद्दत गर्छ । गोलभेँडाको सूप दैनिक पिउनाले शरीरमा भएको ट्यूमर न्युक्रेसिस फ्याक्टर (एक प्रकारको तत्व जुन सक्रिय भयो भने क्यान्सर हुने सम्भावना बढ्छ) लाई ३४ प्रतिशत घटाइदिन्छ ।.