May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा १४१ प्रतिशतले वृद्धि

महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा १४१ प्रतिशतले वृद्धि

२४ माघ, काठमाडौं ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणबाट चालू आर्थिक वर्षको छ महीनामा महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा १४१ प्रतिशतले नाफमा वृद्धि भएको पाइएको छ । इन्स्योरेन्सले यस अबधिमा रू. ५ करोड १८ लाख नाफा कमाएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले २८ करोड ७२ लाख ३१ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ भने कम्पनीको दोस्रो त्रैमासको अवधिमा बीमा लेखको संख्या ६ हजार ७६९ रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ ।
दोस्रो त्रैमास सम्ममा कम्पनीको बीमा कोषमा रू. ४२ करोड ३४ लाख जम्मा भएको छ । हालसम्म कम्पनीले रू. ५३ करोड ५५ लाख बीमाशुल्क आर्जन गरेको छ । कम्पनिले जगेडा कोषमा रू. ५ करोड ७६ लाख छुट्याएको छ । त्यस्तै, कम्पनीको महाविपत्ती जगेडा कोषमा ६४ लाख रुपैयाँ रहेको छ ।