May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

गच्छेदारको मुद्दा फिर्ता नगरिए आन्दोलन : काँग्रेस सभापति देउवा

गच्छेदारको मुद्दा फिर्ता नगरिए आन्दोलन : काँग्रेस सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता विजयकुमार गच्छेदालाई सरकारले षड्यन्त्रपूर्ण रुपमा मुद्दा चलाएको आरोप लगाउनु भएको छ । गच्छेदारमाथि लगाएको मुद्दा तत्काल फिर्ता गर्न पनि सभापति देउवाले सरकारलाई आग्रह गर्नुभएको छ ।

नेता गच्छेदारमाथि लगाइएको मुद्दा विनाशर्त तत्काल फिर्ता नगरिए आन्दोलन गर्ने समेत देउवाले चेतावनी दिनु भयो । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवी पूर्णबहादुर तामाङ कान्छाराले ब्यक्तिगत लगानीमा जिल्लाका विभिन्न पालिका तथा वडाहरुमा प्रदान गरेको एम्बुलेन्स तथा शव वाहन वितरण गर्न रामेछाप पुग्नु भएका देउवाले यस्तो चेनावनी दिनुभएको हो ।