April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सरकारले पोल्ट्री र हृयाचरीमा कार्टेलिङ गरी मुल्यवृद्धि गर्ने व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाउने

सरकारले पोल्ट्री र हृयाचरीमा कार्टेलिङ गरी मुल्यवृद्धि गर्ने व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाउने


माघ २५, काठमाडौं । हृयाचरी तथा दाना उद्योगीको कार्टेलिङका कारण कुखुरा मासुको मूल्य अस्वभाविक रुपमा बढेको छ । व्यवसायीले माग अनुसारको आपुर्ति कम भएको जनाउँदै पुस पहिलो साता प्रतिकिलो २ सय ५० रुपैयामा बिक्री भएको मासु अहिले ४ सय २० रुपैयाँसम्ममा किनबेच भइरहेको छ । एक महिनामा कुखुराको मासुमा प्रतिकिलो १ सय ७० रुपैयाँसम्म बृद्धि गरिएको छ । मूल्य बढाउनकै लागि मंसिर २७ मा सम्पन्न पोल्ट्री व्यवसायीको भेलाले पोल्ट्रीले सेटर मेसिनमा सेट गरिएका हृयाचिङ अण्डा मंसिर २९ देखि पुस ६ सम्म नष्ट गर्ने निर्णय गरेको थियो ।
यसरी मूल्य बढाउँदै जाँदा सरकारले पोल्ट्री र हृयाचरीमा कार्टेलिङ गरी मुल्यवृद्धि गर्ने व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ । उद्योग मन्त्रालय अन्र्तगतको उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो ।
विभागले अण्डा, दाना, कुखुरा व्यवसायी र नेपाल हृयाचरी संघलाई मुल्यबृद्धिबारे कारण पेश गर्न भनेपनि स्पष्ट जवाफ नआएकाले प्रक्रिया अघि बढाउन लागिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । बजार अनुगमनबाट मुल्यवृद्धि गर्ने व्यवसायीबारे थप विवरण संकलन भएपछि कारबाही प्रक्रिया अघि बढाइने सुवेदीले जानकारी दिनुभयो ।