April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

रोयल्टीको मुद्धा उठाउँदै स्रष्टाः म्युजिक नेपाललाई मुद्धा हाल्ने

रोयल्टीको मुद्धा उठाउँदै स्रष्टाः म्युजिक नेपाललाई मुद्धा हाल्ने

माघ २५, काठमाडौं । विश्वका विकशित देशमा सार्वजनिक स्थानमा बजेको गितको समेत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने हुन्छ । जती गित चल्यो त्यती नै बढी रोयल्टी पाएर स्रष्टाको आर्थिक स्थर माथि उठने गरेको छ, तर नेपालमा न भने जसरी स्रष्टाले रोयल्टी पाउँछन न त कुनै आर्थिक सृदृणि करण नै राज्यको तरहबाट हुन्छ । स्रष्टाहरु एक पछि अर्को पीडा भोग्दै आएको समय सर्जक तथा स्रष्टा विरोधमा उत्रने तयारी गरेका छन् ।
झण्डै पचास हजार गीत संगीतको प्रतिलिपि अधिकार आफैसँग राखेर आम्दानी गरिरहेको म्युजिक नेपाल विरुद्ध सर्जक तथा स्रष्टा उत्रिने अन्तिम तयारीमा छन् । रेडियो नेपालमा संकलित गीत संगीत अनुमति नलिइकनै प्रतिलिपि अधिकार दावी गरिरहेको गर्दै आम्दानी गरिरहेको म्युजिक नेपालले आफूहरुलाई रोयल्टी नदिएको भन्दै स्रष्टाहरुले कानुनी उपचारको खोजीमा लागेका हुन् ।
म्युजिक नेपालले नाम चलेका नारायणगोपाल, अम्बर गुरुङ, भक्तराज आचार्य, अरुणा लामा, प्रेमध्वज प्रधान, तारादेवीका स्वरमा सजिएका सर्जकलाई नसोधिकनै सिर्जनामा आफ्नो हकदाबी गर्दे आएको छ ।
झण्डै १५ वर्षदेखि गीत संगीतको प्रद्र्धन गर्न सुरु गरेको म्युजिक नेपालमाथि झण्डै ५० हजार गीत संगीतको प्रतिलिपि अधिकार लिएको आरोप छ । सुरुमा सीडी, डीभीडी, त्यसको सीआरबिटी र पीआरबीटीबाट कमाइ गर्ने म्युजिक नेपाल अहिले पनि यूट्यूब लगायत डिजिटल प्रविधिबाट सर्जकका सिर्जना बेचेर आम्दानी गर्दै आएको छ ।
तर म्युजिक नेपालले भने आफूले सम्झौता गरेर प्रतिलिपि अधिकार लिएर सर्जकलाई रोयल्टी दिँदै आएकोको नाममा आफूलाई चोख्याउँदै आएको छ ।
आफ्नो रचना, सिर्जना र लगानी रहेको गीतलाई आफ्नो भन्न नपाएका तथा आम्दानी पनि नपाएर आन्दोलित भएका सर्जक अदालतमा मुद्दा हालेपछि मात्रै न्याय पाउने आशमा छन् । अनुमति नलिइकनै कसैको सिर्जना आफ्नो हकदावी गर्नेमाथि दशहजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना वा ६ महिना कैद सजाय हुने व्यवस्था छ । प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार पटक पटक सिर्जना चोरी अथवा हकदावी गरे २० हजार रुपैयाँदेखि दुई लाखसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । यसैलाई टेकेर स्रष्टाले आफ्नो अधिकार लिने तयारी गरेका हुन् ।