पुनः थला परे प्रधानमन्त्री ओली, नेकपा सचिवालय बैठक स्थगित

पुनः थला परे प्रधानमन्त्री  ओली, नेकपा सचिवालय बैठक स्थगित

२६ माघ, २०७६, काठमाण्डौ ।
प्रधानमन्त्री केपी ओली फेरि थला परेका छन् । ओलीको स्वास्थ्य प्रतिकूल बनेपछि आज बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक पनि स्थगित भएको छ । मृर्गौलाको खराबीका कारण पटक–पटक बिरामी हुँदै आएका प्रधानमन्त्री ओली आइतबार बालुवाटारमै रेस्ट गरेर बसेका छन् ।
नेकपाको एकता प्रक्रिया टुङ्ग्याउन आज विहान प्रम निवास बालुवाटारमा केन्द्रीय सचिवालयको बैठक बस्ने तय गरिएको थियो । मृर्गौलाको खराबीका कारण पटक–पटक बिरामी हुँदै आएका प्रधानमन्त्री ओली आइतबार बालुवाटारमै रेस्ट गरेर बसेका छन् ।
शुक्रबार प्रधानमन्त्री तीनवटा सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । धेरै मानिसको भीडमा ओलीलाई नजान चिकित्सकले चेतावनी दिएपछि उनले बेवास्ता गरेका कारण आइतबार पुनः थला परेका हुन् ।