आईफोन स्लो गरेको भन्दै एप्पललाई २ करोड बढी जरीवाना

आईफोन स्लो गरेको भन्दै एप्पललाई २ करोड बढी जरीवाना

२६ माघ, २०७६, काठमाण्डौ ।
फ्रान्सको नियामकले प्रयोगकर्तालाई कुनै जानकारी नै नदिई आईफोन स्लो गरेको भन्दै आईफोन निर्माता अमेरिकी कम्पनी एप्पललाई जरिवाना गरेको छ । नियामकले पुराना आईफोन ‘स्लो’ गरेको भन्दै २ करोड ५० लाख यूरो जरीवाना गरेकोे फ्रान्सको डीजीसीसीआरएफले जनाएको छ ।
एप्पलले सन् २०१७ मा आफ्ना केही मोडल स्लो गरेको थियो । एप्पलले लिथियम आयोन ब्याट्रिबाट चल्ने स्मार्टफोनले पुरानो हुँदै गएपछि माग अनुसार विद्युत् प्रवाह गर्न नसक्ने भएकाले उक्त डिभाइस स्लो गराएको दाबी गरेको छ । एप्पलले उक्त डिभाइसको आयु बढाउन केही आईफोन स्लो गरेको र उक्त मुद्दा सहज भइसकेको जनाएको छ ।
धेरै प्रयोगकर्ताले भने एप्पलले प्रयोगकर्तालाई नयाँ आईफोन किन्न लगाउन पुरानो आईफोन स्लो गर्ने गरेको आशंका व्यक्त गरेका छन् ।