हप्ताको पहिलो दिने नै नेप्से दोहोरो अङ्कले ओरालो

हप्ताको पहिलो दिने नै नेप्से दोहोरो अङ्कले ओरालो

२६ माघ, काठमाण्डौ ।
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक नेप्से परिसूचक आइतवार दोहोरो अङ्कले घटेको छ । पछिल्ला केही सातामा उकालो लाग्दै आएको बजार पुनः ओरालो लाग्ने क्रम शुरु भएको हो । सोही क्रममा आज नेप्सेमा १३.७० अङ्कले घटेर एक हजार ३१९.९९ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक तीन अङ्कले घटेर २८१.०४ मा पुगेको छ ।
नेप्से ओरोलो लाग्दा कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर रु ९५ करोड चार लाख दुई हजार ५८४ मा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूह मध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह १७.४८ ले बढ्दा बैंकिङ १२.३९, व्यापार ५.६४, होटल ५४.३२, विकास बैंक १९.१४, जलविद्युत् ८.३४, वित्त ५.५१, निर्जीवन बीमा १३१.५१, अन्य ४.०५, लघुवित्त २०.६९, जीवन बीमा ७५.८६ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ ।
नेप्से ओरोलो लाग्दा कारोबार रकममा समेत घटेको छ । आइतबार १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर ९५ करोड ४ लाख २ हजार ५ सय ८४ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारका आधारमा नेको इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । त्यो कम्पनीको ३ करोड ९२ लाख ५५ हजार ७ सय ६७ रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ । यस्तै ग्लोबल आइएमइ बैंक ३ करोड ५३ लाख ५७ हजार ९ सय २७, एनआइसी एशिया ३ करोड ४६ लाख २३ हजार ५ सय ३३, नागरिक लगानी कोष ३ करोड १६ लाख ३० हजार २ सय ५१, नेपाल इन्भेस्टमेन्ट बैंक २ करोड ७१ लाख १० हजार सय ८२२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्था ३ दशमलव ८८, कञ्चन डेभलपमेन्ट बैंक ३ दशमलव २८, छ्याङदी हाइड्रोपावर २ दशमलव १३, सिभिल लघुवित्त वित्तीय संस्था २ दशमलव ०४, शिवम् सिमेन्ट १ दशमलव ९५ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले १ दशमलव ८५ प्रतिशतले कमाएका छन् । त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्स ५ दशमलव ७५, दिव्यश्वरी हाइड्रोपावर ५ दशमलव ६६, नेपाल फाइनान्स ५ दशमलव ६३, सेन्ट्रल फाइनान्स ५ दशमलव २९, ओरियन्टल होटल ४ दशमलव ८६ र मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ४ दशमलव २२ प्रतिशतले गुमाएका छन् ।