प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्सद्वारा घुम्ती बीमा शुभारम्भ

प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्सद्वारा घुम्ती बीमा शुभारम्भ

२७ माघ, २०७६, काठमाण्डौ ।
शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन–२०७६ मा व्यवस्था भएबमोजिम ग्राहकलाई घरदैलोमै बीमा सेवा प्रदान गर्ने उद्देश्यले प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संयुक्त रुपमा घुम्ती बीमा सेवा सञ्चालन गरेका छन् ।
बीमा सेवाको शुभारम्भ बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बर्दियाको ठाकुरद्वारामा आयोजित एक भव्य समारोहबीच घुम्ती कार्यक्रममा गरेका हुन् ।

सो कार्यक्रममा एभरेष्ट इन्स्योरेन्सका कार्यकारी अधिकृत कमल गौतमले स्वागत मन्तव्य तथा प्राइम लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवनबीमाका महत्वबारे आफ्नो धारणा व्यक्त गरेका थिए ।