म्यानको अध्यक्षमा किरण कुमार श्रेष्ठ निर्वाचित

म्यानको अध्यक्षमा किरण कुमार श्रेष्ठ निर्वाचित

२७ माघ, २०७६, काठमाण्डौ ।

नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा राष्ट्रिय बाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । आज सोमवार विहान भएको निर्वाचन मार्फत नयाँ कार्यसमितिका चयन भएको हो।
काठमाडौंमा सम्पन्न भएका नेपाल व्यवस्थापन संघको समितिका पदाधिकारीहरुको निर्वाचनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
त्यस्तै बम बहादुर मिश्र प्रथम उपाध्यक्ष , सुमन पोखरेल द्वितीय उपाध्यक्ष , धर्मानन्द अवस्थी महासचिव, अनु श्रेष्ठ (जोशी) कोषाध्यक्षमा निर्वाचित हुनु भएको छ ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आगामी दिनमा एसोसिएसनको काम गर्न लागी पर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।

म्यानले प्रदान गर्ने म्यानेजर अफ दि इअरको उपाधी शुक्रबार काठमाडौंमा आयोजित एक विषेश कार्यक्रमका बिच निज श्रेष्ठले पाइसक्नुभएको छ ।

म्यानमा ११ जना ब्यक्तिगतबाट सदस्य छान्ने ब्यवस्था छ । ६ जना संस्थागतबाट छानिन्छन्। एक जना निवर्तमान अध्यक्ष सदस्य हुने छन् भने अर्को एक जना सरकारले मनोनित गरेर पठाउँछ।