May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै ठूलो वर्षा, भीषण डढेलो समेत निभ्यो

अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै ठूलो वर्षा, भीषण डढेलो समेत निभ्यो

२७ माघ, २०७६, काठमाण्डौ ।
अस्ट्रेलियाको सिड्नीमा भारी वर्षा भएको छ । सिड्नीमा पछिल्लो ३० वर्ष यताकै ठूलो वर्षा भएको हो । केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको भीषण डढेलोलाई समेत वर्षाले निभाइदिएको छ।
वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको बीबीसीले जनाएको छ । आवतजावतमा समस्या भएको छ भने हजारौँ मानिस घर छोड्न बाध्य भएका छन् ।