May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

नेपाल टेलिकमले ल्यायो ’विन्टर अफर’

नेपाल टेलिकमले ल्यायो ’विन्टर अफर’

२७ माघ, २०७६, काठमाण्डौ
नेपाल टेलिकमले आफ्ना समस्त सेवाग्राहिलाई लक्षित गर्दै विभिन्न प्याकेजसहितको आकर्षक ’विन्टर अफर’ ल्याएको छ ।

अफरअन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको र सो अफर आउँदो चैत ३० गतेसम्म नै उपयोग गर्न सकिने छ । यसअघि उपलब्ध ’अटम अफर’ अन्तर्गतका सेवामा केही सुविधा थप गरेर विन्टर अफर ल्याइएको टेलिकमले जनाएको छ ।

जीएसएम प्रिपेड र पोस्टपेड तथा सीडीएमए प्रिपेडरपोस्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिन्छ । ’अल टाइम डाटा प्याक’ अन्तर्गत १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यसअन्तर्गत ६० एमबीदेखि १४ हजार एमबीसम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिनदेखि २८ दिनसम्म हुनेछ ।
कम्पनीले अटम अफरको रुपमा उपलब्ध गराइरहेका अन्य अफरहरु भने विन्टर अफरमा पनि यथावत् रहेका छन् । पहिलो पटक नेपाल टेलिकम एप डाउनलोड गर्ने ग्राहकलाई एक सय एमबी डाटा भोल्युम बोनसको रुपमा समेत उपलब्ध छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि *1415# मा डायल गर्न सकिन्छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट तथा कम्पनीको वेबसाइट www.ntc.net.np बाट यससम्बन्धी विस्तृत जानकारी लिन सकिने टेलिकमले जनाएको छ ।