June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सानेपा काण्डः पूर्व सचिव कार्कीकी श्रीमतीको उपचारको क्रममा मृत्यु

सानेपा काण्डः पूर्व सचिव कार्कीकी श्रीमतीको उपचारको क्रममा  मृत्यु

२७ माघ, २०७६, काठमाण्डौ ।
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा निधन भएको छ । उनि आज विहान सानेपा स्थित आफ्नै घरको भान्छा कोठामा गम्भीर अवस्थामा फेला परेकी थिईन् । विभत्स अवस्थामा फेला परेकी कार्कीलाई उपचारका लागि सानेपामा रहेको स्टार अस्पताल लगिएको थियो ।
सानेपास्थित निवासमा कार्कीको घरमा दाङ स्थायी घर भएका कामदार विजय चौधरी पनि झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
बिहान घरबाहिर निस्किएका पूर्व सचिव अर्जुन कार्की घर फिर्ता हुँदा आफनो घरको अवस्था देखेर चिच्याएपछि छिमेकीले चाल पाएका थिए । खबर पाए लगत्तै घरमा पुगेको प्रहरीले श्रीमती कार्कीलाई जीवित नै रहेको फेला पारेपछि अस्पताल पु¥याएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा कामदारले नै उनको हत्या गरेको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । राजधानीमै बिहानै पूर्वसचिव कार्कीको घरमा भएको सो घटनाले उपत्यकाबासीलाई त्रसित बनाएको छ ।