May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

को बन्छ नयाँ आईजीपी ?

को बन्छ नयाँ आईजीपी ?

माघ २८, काठमाडौं ।
नेपाल प्रहरीका महानिरीक्षक आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण आजबाट अवकास पाएपछि नयाँ आईजीपी को खोजी शुरु भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने मन्त्रीपरिषदको बैठकले प्रहरी संगठनको नयाँ नेतृत्व चयन गर्नेछ । मन्त्री परिषद बैठकले डीआईजीहरु ठाकुर ज्ञवाली र तारिणी प्रसाद लम्साल मध्ये एक जनालाई महानिरिक्षकमा नियुक्त गर्नेछ । त्यस्मा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन मुल्याङकनमा पहिलो नम्बरमा रहेका ज्ञवालीको नाम मन्त्रीपरिषद बैठकमा पेश गर्न निर्देशन दिएका छन् । ओली ज्ञाबलीलाई नै महानिरिक्षक बनाउन चाहान्छन् । उनलाई परराष्ट्र मन्त्री प्रदिप ज्ञावालीले चर्को लविड गर्दे आएका छन् । किनकी ठकुर परराष्ट्र ज्ञवालीका काकाको छोरा पर्दछन् । त्यही भएर पनि आज बस्नै मन्त्रीपरिषद बैंठकमा ज्ञवालीको नाम पेश गर्न ओलीले गृहमन्त्री रामबहादुर थापा र मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका थिए । प्रधाममन्त्री ओलीले कडा निर्देशन दिएपनि गृहमन्त्री थालाले भने भित्री रुपमा ज्ञावालीको विकल्प खोजी रहेका छन् ।
ज्ञवाली प्रदेश १ को प्रहरी प्रमुखका रुपमा कार्यरत छन् । उनी आज मात्र विराटनगरबाट काठमाडौं आउने भएका छन् ।
आईजिपी खनालसँगै ३ अतिरिक्त महानिरिक्षक एआईजी पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले पनि आज अवकाश पाएपछि नयाँ अतिरिक्त महानिरिक्षक समेत नियुक्तको तयारी गरेको छ ।