June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

अर्थतन्त्रमा योगदान गर्ने २५ व्यवसायी सीआईपी सम्मानबाट सम्मानित

अर्थतन्त्रमा योगदान गर्ने २५ व्यवसायी सीआईपी सम्मानबाट सम्मानित

माघ २८, काठमाडौं ।
सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) लाई सम्मान गरेको छ । मुलुकको निर्यात, रोजगारी, उत्पादन, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संघ संस्थालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सीआईपी प्रदान गरेको हो ।
सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले रोजगारी सिर्जना, कर दाखिला, निर्यात क्षेत्र, लगानी क्षेत्र, पर्यटन क्षेत्र, र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका ३ गरी कूल २५ जना व्यक्ति तथा संस्थालाई सम्मानित गरेको हो ।
सम्मानित हुनेमा रामचन्द्र संघई, निमार्ण कुमार चौधरी, पवन कुमार गोल्याङ, चन्द्र प्रसाद ढकाल, राजलक्ष्मी गोल्छा, दोर्जेग्लासेम लामा, राहुलमान शाक्य, सुर्य कुमार गुरुङ, भवानी राणा, राजेश कार्की श्रेष्ठ र शतिश कुमार मोर, रविन श्रेष्ठ, हरिकृष्ण बेदी, दियराज सापकोटा, युक्ति गोल्छा, पेम्बा दोर्जे, विश्वराज बस्नेत, मछिन्द्र पाण्डे, गौपी प्रसाद कँडेल, सुजन कुमार श्रेष्ठ, दिपेश प्रधान, लिऊ शु कुवाङ सुर्यराज ढकाल, सुनिता शेर्पा, अक्ष गोल्याङ, रहेका छन् । सबै सम्मानित हुनेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्र र राष्ट्रको महत्वपूर्ण परिचय पत्र प्रदान गरेका छन् ।