April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

कार्डमार्फत खरिद गर्दा भुक्तानी कर फिर्ता गर्ने सरकारको निर्णय

कार्डमार्फत खरिद गर्दा भुक्तानी कर फिर्ता गर्ने सरकारको निर्णय

माघ २८, काठमाण्डौ ।
सरकारले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी गर्दा कर फिर्ता गर्ने भएको छ । मंगलबार देखि विद्युतीय उपकरणका माध्यम (कार्ड) बाट सेवा खरिदको भुक्तानी गर्दा उपभोक्ताले १० प्रतिशत कर फिर्ता पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच यस्तो व्यवस्थाको शुभारम्भ गरेका थिए । जसअन्र्तरगत उपभोक्रले वस्तु तथा सेवा खरिदका क्रममा भुक्तानी गर्दा लागेको करबाट फिर्ता हुने १० प्रतिशत स्वतः उपभोक्ताको खातामा जम्मा हुनेछ ।
उपभोक्ताले एक पटकमा १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवाको खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुलाई १० प्रतिशत भ्याट फिर्ता दिने घोषणा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत गरेको थियो ।