April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

रामेश्वर फुयाल वागमती प्रदेशको भौतिकमन्त्री नियुक्त

रामेश्वर फुयाल वागमती प्रदेशको भौतिकमन्त्री नियुक्त

काठमाडौं । वागमती प्रदेशको भौतिक योजना तथा विकासमन्त्रीमा  नेकपाको केन्द्रीय सदस्यसमेत रहेका रामेश्वर फुयाल नियुक्त भएका छन् । काठमाडौं ३ का प्रदेशसभा सदस्य रहेका फुयालले ४ बजे मन्त्री पदको शपथ लिने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

गत कात्तिक १६ गते मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई बर्खास्त गरेपछि प्रदेशको भौतिक योजना तथा विकास मन्त्रालय मन्त्रीविहीन थियो । १५ महिनादेखि रिक्त मन्त्रालयमा प्रदेशका मुख्य सचेतक रहेका फुयाललाई प्रस्ताव गरिएको थियो ।

फुयाल काठमाडौं ३ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् । फुयाल प्रदेश राजधानी हेटौंडालाई नै कायम गर्न लागिपरेका थिए । फुयाल दोस्रो संविधानसभामा काठमाडौं ३ बाट निर्वाचित भएका थिए ।